प्युठानमा बस दुर्घटना एकको मृत्यु, २२ घाइते
दाङ । प्युठानको रातामाटाबाट दाङको घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार बिहान ११ बजे सेतोपरा भन्ने स्थानमा दुर्घटना हुँदा १ वर्षीय बालकको मृत्यु भएको छ । मुत्यु हुनेमा दाङको घोराही-३ का अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानका डीएसपी सत्यनारायण थापाले बताए ।
प्युठानको माण्डवी गाउँपालिका-२ नजिकै भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ ।
करिब ३० जना यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकदेखि ७० मिटर तल खसेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया