NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २ गते

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा २० जनाभन्दा बढी घाइते

विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनरत टोली र प्रहरीबीच झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्  ।

मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप हुँदा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा  घाइते भएका हुन् । घटनलाई साम्य पार्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ भने ४४ सेल अश्रुग्यास प्रहार  गरेको छ ।