अत्यधिक बेसारको प्रयोग हानिकारक
एजेन्सी । हामीले प्रायजसो बेसारका धेरै फाइदा मात्र सुनेका छौं । सामान्य रुघाखोकीदेखि गम्भीर रोगमा पनि बेसारका फाइदा उल्लेख्य नै छन् ।
तर एउटा भनाइ छ, अत्यधिक प्रयोग जे कुरा पनि हानिकारक हुन्छ । बेसार पनि उस्तै हो । यसको सामान्य प्रयोग लाभदायिक भए पनि अत्यधिकले भने नोक्सान पुर्याउन सक्छ । बेसारको अत्यधिक प्रयोगले रक्तअल्पता, शरीर दुख्ने जस्ता धेरै समस्याको निम्तिने गरेको विज्ञ बताउँछन् ।
बेसारले शरीरबाट रगतमा आइरन प्रवेशमा रोक लगाउँछ जसका कारण आन्द्रामा आइरन पग्लिँदैन । आइरनले शरीरमा हेमोग्लोबिनको मात्रा कायम राख्न मद्दत गर्छ । त्यसैले बेसार बढी खाँदा एनिमिया हुने सम्भावना रहन्छ । शरीरमा बेसारको प्रभाव तातो उत्पन्न गराउने हुन्छ । त्यसैले गर्मी मौसममा बेसारको प्रयोग धेरै गर्नुहुँदैन ।
मृगौला र पित्तथैलीमा पत्थरी भएका व्यक्तिले बेसारको धुलोमा पानी वा दूधमा मिसाएर पिउनु हानीकारक हुन्छ । बेसारमा क्याल्सियम अक्सालेटको मात्रा उच्च हुन्छ जसले पत्थरी बढाउने काम गर्छ । गर्मीमा धेरै बेसारको प्रयोगले पेट दुख्ने तथा फुल्ने समस्या निम्त्याउन सक्छ । त्यसैले गर्मीमा यसको प्रयोग सिमित मात्रामा गर्नुपर्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया