एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छन् । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन् ।
उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन् । उनका अनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पु-याउन संसद्मा विधेयक गइसकेको छ ।
‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पु¥याउन सरकार लागिरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ ।’ मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेरमात्र निर्णय गर्ने जानकारी दिइन्। उनले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउनेसमेत बताइन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया