NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

३५ वर्षपछि आमा बन्न कठिनाइ हुने बताउँदै डिम्ब फ्रिज गराउन प्रियंकाको सुझाव

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले एक अन्तर्वार्तामा आफ्ना निजी जिवनसँग जोडिएका केही विषयहरू खुलासा गरेकी छिन् । उक्त अन्तर्वार्तामा उनले आफू ३० वर्षको भएपछि आमाको सल्लाहमा डिम्ब फ्रिज गराएको बताइन् ।

प्रियंकाकी आमा मधु चोपडा स्त्री रोग विशेषज्ञ हुन् । ३५ वर्षपछि महिलालाई आमा बन्न निकै कठिनाइको सामना गर्नुपर्ने हुँदा आफूले विवाहअघि नै डिम्ब फ्रिज गराएको बताइन् । अमेरिकी गायक निक जोनससँग विवाह गरेको चार वर्षपछि उनले सेरोगेसीमार्फत छोरी मालतीलाई जन्म दिएकी छन् ।

प्रियंका चोपडाले ड्याक्स शेफर्डलाई दिएको पछिल्लो अन्तर्वार्तामा आफूलाई बच्चाहरू मनपर्ने र आमा बन्ने रहर भएको बताइन् । उनले भनिन्, ‘मलाई बच्चाहरू मनपर्छ। म आमा बन्न चाहन्थें किनभने मलाई बच्चाहरूप्रति गहिरो स्नेह छ। मैले युनिसेफमा पनि बालबालिकासँग धेरै समय बिताएँ। मेरी आमा एक पेशेवर स्त्री रोग विशेषज्ञ हुनुहुन्छ, उनले मलाई महिलाको उमेर बढ्दै जाँदा आमा बन्न समस्या हुनसक्ने सल्लाह दिनुभयो।’

प्रियंकाले थप भनिन्, ‘जब मैले अण्डा फ्रिज गरेँ, त्यतिबेलासम्म मेरो विवाह पनि भएको थिएन । त्यतिबेला मैले निकसँग डेट पनि गरिरहेकी थिइनँ । अण्डा फ्रिज गरेपछि, मैले धेरै स्वतन्त्र महसुस गरें किनभने मैले मेरो क्यारियरमा अझै धेरै हासिल गर्न बाँकी थियो।’

काम गर्ने महिलाहरूले यसबारे झनै सोच्नुपर्ने उनको सुझाव छ । त्यसैले पैसा बचाएरै भएपनि ती महिलाहरूलाई अण्डा फ्रिज गर्न उनले सुझाएकी छिन् ।