म्यानमार : सुचीसहित ४० दलको वैधानिकता खारेज, अमेरिका रुष्ट
काठमाडौं । म्यानमारको सैन्य सरकारले त्यहाँका ४० राजनीतिक दलको वैधानिकता समाप्त गरिदिएको घटनाप्रति अमेरिकाले आपत्ति जनाएको छ ।
म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले गत मंगलबार राजनीतिक कानूनअनुसार पुनः नवीकरण गर्न असफल भएको जिकिर गर्दै ४० राजनीतिक दलको वैधानिकता समाप्त भएको घोषणा गरेको थियो । जसमा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसीलगायत छन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेसनल लिग फर डेमोक्रेसीलगायत ४० राजनीतिक दलहरू भंग गर्ने बर्माको सेनाको निर्णय गलत भएको भन्दै उक्त कदमको कडा शब्दमा निन्दा गरेका छन् ।
सन् २०२१ मा सुकी सरकारलाई अपदस्थ गरेर सत्ता हातमा लिएको म्यानमारको सैन्य सरकार पहिलो पटक चुनावतर्फ अघि बढिरहेको छ ।
सैन्य शक्तिका आलोचकहरूका अनुसार यी चुनावको उद्देश्य सेनाको शक्ति बढाउनु हो ।
अमेरिकाले सबै सरोकारवालाहरूको सहभागिताबिना गरिने निर्वाचन स्वतन्त्र र निष्पक्ष नमानिने चेतावनी दिएको छ । सैन्य शासनको व्यापक विरोधलाई ध्यानमा राख्दै चुनाव गराउने एकपक्षीय निर्णय गरिएको र यसले म्यानमारमा थप अस्थिरता बढ्ने अमेरिकाको भनाइ छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया