कांग्रेस शीर्ष नेतालाई स्वर्णिमको सन्देश : देउवा–आरजु गिरोहका कारण कांग्रेसमा रहन सकिँन
काठमाडौं । अर्थशास्त्री तथा कांग्रेसको घोषणापत्रका मस्यौदाकारसमेत रहेका डा.स्वर्णीम वाग्लेले आफू कांग्रेसमा नरहेको सन्देश नेताहरूलाई पठाएपछि कांग्रेसभित्र हलचल भएको छ ।
वाग्लेले बिहीबार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य द्वय शेखर कोइराला र डा. गोविन्द पोखरेललाई एसएमएस मार्फत कांग्रेसमा रहिरहन नसक्ने सन्देश पठाएका थिए ।
वाग्लेले पठाएको एसएमएसमा देउवा–आरजुका कारण आफू कांग्रेसमा रहिरहन नसक्ने म्यासेज पठाएको पुष्टि भएको छ ।
उनले देउवा र आरजु नेतृृत्वमा रहेसम्म कांग्रेसमा नरहेन तर चारजना नेता नेतृत्वमा पुगेको खण्डमा सहकार्य हुने उल्लेख गरेका छन् ।
‘कांग्रेसको नेतृत्वमा हजुरहरू पुगेको दिन फेरि हामीबीच कुनै न कुनै रुपमा सहकार्य हुनसक्छ । अहिलेलाई कांग्रेसमा रहिरहन सकिन’, उनले पठाएको म्यासेजमा उल्लेख छ ।बैशाक १० मा हुने उपनिर्वाचनमा वाग्लेलाई रास्वपाले तनहुँ–१ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।उनी रास्वपकाका नियमित सम्पर्कमा रहेको नेताहरूले पुष्टी गरेका छन् ।
वाग्ले मंसिरमा भएको निर्वाचनमा काठमाडौं र चितवनमध्ये एक ठाउँबाट चुनावमा उठ्न चाहेका थिए तर सभापति देउवाले उनलाई उम्मेदवार बनाउन अस्वीकार गरिएको बुझिएको छ ।
यस्तो छ उनले कांग्रेस त्यागेकाे घाेषणा :
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया