अमेरिकामा सेनाको दुई हेलिकप्टर दुर्घटना, नौ जनाको मृत्यु
अमेरिकामा दुई अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार राति १० बजे फोर्ट क्याम्पबेल सैन्य अड्डा नजिक दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
बिबिसीले यो घटना १०१ औं एयरबोर्न डिभिजनसँग सम्बन्धित रहेको र सैन्य आधार नजिकैको प्रशिक्षण अभियानको क्रममा भएको जनाएको छ ।
सैन्य अधिकारीहरूले घटनामा नौ सैनिक मारिएको पुष्टि गर्दै दुःख व्यक्त गरेका छन् ।
अमेरिकी सेनाको वेबसाइटका अनुसार १०१ औं एयरबोर्न डिभिजन अन्तर्राष्ट्रिय द्वन्द्व क्षेत्रहरूमा पठाइएको एक मात्र हवाई आक्रमण डिभिजन हो।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया