मिटरब्याजपीडितले पाए प्रधानमन्त्रीनिवासमा प्रवेश
काठमाडौं । मिटरब्याजपीडितले प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रवेश पाएका छन् ।
दुई साता पैदलै हिँडेर काठमाडौंमा संघर्षरत मिटरब्याजपीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्ने आकांक्षा राख्दै समय मागेका थिए । त्यसका लागि तयार भएर प्रचण्डले शनिबारको समय दिएपछि उनीहरू आफूमाथि भएका अन्याय सुनाउन प्रधानमन्त्रीनिवास पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले मिटरब्याजपीडितले प्रधानमन्त्रीसँग भेट्ने इच्छा राखेपछि बालुवाटार बोलाइएको जनाएको छ ।
पहिलो पटक प्रधानमन्त्रीनिवासभित्रै प्रवेश पाएका उनीहरूले मिटरब्याजीविरुद्ध नाराबाजी गर्दै आफूहरूलाई न्याय दिन माग गरेका छन् ।
मिटरब्याजीले चर्को ब्याज लिएर घर न घाटको बनाएको भन्दै पीडितहरू संघर्षमा उत्रिएपछि सरकारले मिटर ब्याजमा रकम दिनुलाई अपराध ठहर्याउने गरी कानून संशोधनको तयारी गरेको छ । यसबारे मन्त्रिपरिषद्बाट निर्णय नै गराइसकेको सरकारले समस्या समाधानका लागि वार्ता टोलीसमेत गठन गरेको छ । टोलीले शुक्रबार मात्रै पीडितसँग पहिलो चरणको वार्ता गरेको छ । टोलीका एक सदस्यले शनिबार पुनः वार्तामा बसेर छलफल अघि बढाउने सहमति भएको जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया