त्रिशूली-३ ‘ए’ सुरुङभित्रबाट आयाे मानिसकाे आवाज
काठमाडाैं । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाकाे सुरूङभित्र जीवनकाे संकेत देखिएकाे छ । लामाे प्रयासपछि सुरूङभित्र पसेका उध्दारकर्मीले त्यहाँभित्र मानिसकाे आवाज सुनेका हुन्।
सुरुङमा फसेकााकाे उध्दारमा संलग्न रास्वपाका सांसद श्रीराम न्याैपानेले उध्दाररत सेनालाई उध्दृत गर्दै त्यहाँभित्रबाट मानिसकाे आवाज आएकाे बताएका छन् ।
” भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ,” सांसद न्याैपानेले लेखेका छन्, “सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।”
न्याैपानेका अनुसार भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।
न्याैपाने बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिए। त्यहाँ कार्यरत इन्जिनियरहरूकाे आग्रहपछि उनीसहित अर्का सांसद सागर ढकाल त्यहाँबाट फर्केका छन् । न्याैपानेले अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा रहेकाे जनाएका छन् ।
गत भदाै १० गते भाेटेकाेशी हुँदै त्रिशूली नदीमा आएकाे बाढीले ठूलाे धनजनकाे क्षति गराएकाे छ । यसक्रममा त्रिशूली ३ एमा कार्यरतहरु ज्यान जाेगाउन सुरूङभित्र पसेकाे अनुमान छ । उनीहरूलगायत अन्लाय सुरूङमा फसेकाहरूकाे उध्दार गर्न उध्दारकर्ता निरन्तर प्रयासरत छन् । यद्यपि नतिजा आइसकेकाे छैन ।


प्रतिक्रिया