रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने
रसुवा । रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ ।
यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ परीक्षण र शल्यक्रिया सेवा दिन तयारीका सुरु गरिएको बताए ।
सुरक्षित प्रसूति सेवाका लागि दक्ष चिकित्सकको व्यवस्था भइसकेको र आवश्यक उपकरण धुञ्चे पुगेको उनको भनाइ छ । शल्यक्रियाका लागि पूर्वाधार जडान भइरहेको अस्पतालको भनाइ छ । प्रसूति सेवाका लागि निक्स साइमन इन्स्टिच्युटले चिकित्सक उपलब्ध गराएको छ ।
साथै बिरामीको समस्या पत्ता लगाई उपचार सेवा प्रभावकारी बनाउन अल्ट्रासाउन्ड ( भिडियो एक्स्रे) एवं डिजिटल एक्स्रे समेत सञ्चालनमा ल्याएको छ अस्पतालका सूचना अधिकारी कृपा विसुङ्खेले जानकारी दिए ।
पन्ध्र शय्या क्षमताको जिल्ला अस्पतालमा बढ्दो बिरामीको चाप धान्न अस्पताल प्रशासनले सम्बन्धित मन्त्रालय तथा विभागसँग थप स्वास्थ्यकर्मीको माग गर्दै आएको छ । अस्पतालमा गत साउनदेखि फागुनसम्म तीन हजार पाँच सयले बहिरङ सेवा लिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया