आदिवासी जनजाति महासङ्घ सप्तरीको अध्यक्षमा प्रधान
सप्तरी । आदिवासी जनजाति महासङ्घ सप्तरीको जिल्ला अधिबेशनले अरुणकुमार प्रधानलाई अध्यक्षमा चयन गरेको छ । शम्भुनाथ नगरपालिकास्थित आदिवासी जनजाति भवन कठौनामा आयोजित चौथो जिल्ला अधिवेशनले प्रधानको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गरेको हो ।
नवनिर्वाचित समितिका उपाध्यक्षमा उपेशकुमार सिंह, इन्द्रनारायण मण्डल र शर्मिला चौधरी, सचिवमा अरबिन्दकुमार चौधरी, सहसचिवहरूमा रवीना तामाङ, उद्धवकुमार भुजेल र रञ्जना खपाङ्गी मगर तथा कोषाध्यक्षमा सूर्यमान तामाङ चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा उज्वल चौधरी, दीपेन्द्रकुमार चौधरी, मनमाया थोकर, कुशवाहाकान्त मण्डल, गोपालप्रसाद चौधरी र देवी जोशी रहेका छन् । जिल्ला समितिमा बाँकी छ सदस्य मनोनित गरिने निर्णय भएको निर्वाचन समिति सदस्य एवं महासङ्घका पूर्वअध्यक्ष यमबहादुर खपाङ्गी मगरले जानकारी दिए ।
यसअघि शनिबार मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले अधिवेशनको उद्घाटन गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया