तीन हप्ताका लागि कुलेखानी–फाखेल सडकखण्ड बन्द
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ ।
सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो मार्ग हुँदै चल्ने सवारीसाधन भीमफेदी–मार्खु–चित्लाङ हुँदै काठमाडौँ जाने आउने गरिरहेको प्रहरीले जनाएको छ । कुलेखानी–फाखेल मार्ग बन्द रहेकाले सो क्षेत्र हुँदै यात्रा नगर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया