नेपाली चलचित्र क्षेत्रबारे लेखिएको पुस्तक ‘क्लोज अप’ सार्वजनिक
काठमाडौं । नेपाली चलचित्रका पात्रहरु र यसका विभिन्न आयाम सम्बन्धमा चलचित्र पत्रकार जीवन पराजुलीद्धारा लेखिएको पृुस्तक क्लोज अप सार्वजनिक भएको छ ।
शनिबार एक कार्यक्रममा पुस्तक अभिनेत्री करिश्मा मानन्धर, दीपाश्री निरौला र झरना थापा, निर्देशक नारायण पुरी, राजेन्द्र शुलभ, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
पुस्तक ३ सय ६३ पृष्ठको छ । छ खण्डमा विभाजित गरिएको पुस्तकमा विभिन्न समयका चलचित्रकर्मीहरुको अनुभव र संघर्षलाई समेटिएको छ । पुस्तककाे मूल्य ५९९ रुपैयाँ रहेको छ ।
यूरोपका विभिन्न देशहरु र थाईल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशहरुमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताईयो ।
पुस्तक यसै साताबाट देशभर तथा अमेजनमार्फत संसारभर उपलब्ध हुने जानकारी गराइयो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया