महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, दर्जन बढी सवारीसाधन जले
काठमाडौं । ललितपुरमा महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा झण्डै एक दर्जन सवारीसाधन जलेका छन् । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा सोमबार बिहान आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय, ललितपुरका अनुसार आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेका छन् ।
आगो प्रहरी र स्थानीयको अगुवाइमा नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुल्न भने बाँकी छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया