महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, दर्जन बढी सवारीसाधन जले

काठमाडौं । ललितपुरमा महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा झण्डै एक दर्जन सवारीसाधन जलेका छन् । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा सोमबार बिहान आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय, ललितपुरका अनुसार आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेका छन् ।
आगो प्रहरी र स्थानीयको अगुवाइमा नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुल्न भने बाँकी छ ।
प्रतिक्रिया