अव्यवस्थित तार नहटाउनेलाई कारबाहीको तयारी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ ।
प्राधिकरणले तुलसीपुरका सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार नहटाउनेलाई विद्युत् लाइन काट्नेसम्मको निर्णय भएको छ ।
‘हामीले पटक–पटक आग्रह गरे पनि कुनै पनि कम्पनीले प्रभावकारी काम गरेको पाइएन’, वितरण प्रमुख ज्ञानप्रसाद फर्सालले भने, ‘त्यसैले हामीले कडारुपमा अघि बढेका छौँ ।’ अव्यवस्थित तारले बजार कुरुप बन्दै गएको भन्दै यसलाई अव्यवस्थित गर्नका लागि आगामी आजदेखि शुक्रबारसम्म नियमित तार हटाउने गरी तयारी गरिएको छ ।
तुलसीपुरमा नेपाल टेलिकमसहित १२ वटा त्यस्ता कम्पनी छन् । ती सबै बिहान ११ बजेदेखि सहभागी भएर अव्यवस्थित तारलाई अव्यवस्थित गर्ने निर्णय भएको छ । यदि नियमित दुई पटकसम्म सहभागी नहुने र आफ्नो तार अव्यवस्थित नगर्ने कम्पनीलाई विद्युत्को नियमअनुसार कारबाही गर्ने निर्णय भएको छ ।
यसअघि पटकपटक सार्वजनिक सूचना प्रकाशित गर्नेदेखि कार्यालयमा समेत पत्र पठाउँदा पनि कुनै काम नभएपछि प्राधिकरण प्रमुख फर्सालसहितको टोली आफैँ कार्यालयमा पुगेर मौखिक र लिखितरुपमा जानकारी समेत गराएको थियो ।
प्राधिकरण र सेवा प्रदायक निकायकाबीच २०७९ मङ्सिर २७ गते एक हप्ताभित्र तार व्यवस्थित गर्न सहमति भएको थियो । तुलसीपुरको वीरेन्द्र चोकदेखि पश्चिममा कालीमाटी, पूर्वमा हेमन्तपुर, दक्षिणमा दमारगाउँ र उत्तरमा राम्रीको क्षेत्रभित्रका पोलमा विस्तार गरिएका तारलाई व्यवस्थित गर्न प्राधिकरणले आग्रह गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया