यात्रु अलपत्र पार्ने सीता एयरमाथि प्राधिकरणको छानविन सुरु
काठमाडौं । दाङबाट काठमाडौं आउनुपर्ने यात्रुलाई बिना जानकारी नेपालगञ्ज पुर्याउने सीता एयरलाइन्समाथि नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ ।
गत चैत १५ मा काठमाडौं आउँदै गरेका १४ यात्रुलाई नेपालगञ्जमा अवतरण गराएर सीता एयरको जहाज हुम्ला उडेको थियो ।
सोही विषयबारे नयाँ पत्रिका दैनिकमा समाचार छापिएपछि नियामक निकाय प्राधिकरणले छानविन गर्ने भएको हो ।
जहाज हुम्लाबाट फर्किएपछिमात्रै यात्रुलाई काठमाडौं ल्याउने भनिएको थियो । तर यात्रुले विरोध गरेपछि उनीहरूलाई बुद्ध र श्री एयरको जहाजमार्फत काठमाडौं ल्याइयो ।
दाङबाट काठमाडौंका लागि उडेका यात्रु नेपालगन्जमा झारिए, हुम्ला उड्यो जहाज
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया