यात्रु अलपत्र पार्ने सीता एयरमाथि प्राधिकरणको छानविन सुरु
काठमाडौं । दाङबाट काठमाडौं आउनुपर्ने यात्रुलाई बिना जानकारी नेपालगञ्ज पुर्याउने सीता एयरलाइन्समाथि नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ ।
गत चैत १५ मा काठमाडौं आउँदै गरेका १४ यात्रुलाई नेपालगञ्जमा अवतरण गराएर सीता एयरको जहाज हुम्ला उडेको थियो ।
सोही विषयबारे नयाँ पत्रिका दैनिकमा समाचार छापिएपछि नियामक निकाय प्राधिकरणले छानविन गर्ने भएको हो ।
जहाज हुम्लाबाट फर्किएपछिमात्रै यात्रुलाई काठमाडौं ल्याउने भनिएको थियो । तर यात्रुले विरोध गरेपछि उनीहरूलाई बुद्ध र श्री एयरको जहाजमार्फत काठमाडौं ल्याइयो ।
दाङबाट काठमाडौंका लागि उडेका यात्रु नेपालगन्जमा झारिए, हुम्ला उड्यो जहाज
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया