दुई करोड बढी गैरकानुनी सम्पत्ति जोडेको अभियोगमा नासु घिमिरेविरूद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई करोड १४ लाख ४६ हजार छ सय ५७बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भन्सार विभागका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
“घिमिरेले रु सात करोड ३९ लाख सम्पत्ति जोडेका छन्, जसमध्ये उनको वैध आम्दानी रु पाँच करोड २५ लाख मात्र हो, रु दुई करोड १४ लाख ४६ हजार छ सय ५२ गैरकानूनी आर्जन गरेको देखिन्छ”, अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विसं २०५२ देखि २०७९ सालसम्म सरकारी सेवामा रहेका घिमिरेले गैरकानूनी आर्जन गरेको सम्पत्ति श्रीमती शारदा गौतमको नाममा राखेको देखिएको छ । घिमिरेले विमानस्थल भन्सार, राजस्व अनुसन्धान विभागलगायतका निकायमा बसेर राजस्व छल्ने र गैरकानूनी काम गरी सम्पत्ति कमाएको अख्तियारको भनाइ छ ।
अख्तियारले तत्कालीन नासु घिमिरेले जागिर अवधिभर विभिन्न कार्यालयमा बसी करोडौँ सम्पत्ति कमाएर श्रीमतीलगायत परिवारका विभिन्न व्यक्तिको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीमा लगानी, शेयर खरिद, जग्गा खरिदलगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धानपछि मुद्दा दायर गरेको हो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया