NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

राहदानीसम्बन्धी रविमाथि लागेको मुद्दा सर्वोच्चमा दर्ता

काठमाडौं। दोहोरो राहदानी लिएर दुरुपयोगको गरेको आरोप खेपेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतमा परेको मुद्दा दर्ता भएको छ ।

रविमाथि मुद्दा लाग्ने प्रयाप्त तथ्य हुँदाहुँदै पनि महान्यायाधीवक्ता दीनमणि पोखरेलले अनुसन्धान फाइल बन्द गर्ने निर्णय गरेको भन्दै सो निर्णयविरूद्ध आइतबार रिट दायर भएको थियो । उक्त मुद्दा सोमबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।

अधिवक्ता युवराज पौडेलले रविमाथि मुद्दा नचल्ने भनी महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णय बदरसहित रविमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग दाबी गरेका छन् । रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।

यसअघि नागरिकता प्रकरणमा पौडेलले दिएको मुद्दामा सर्वोच्चले रविलाई दोषी ठहर गरी सांसद पदबाट मुक्त गरेको थियो । वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन–२ बाट रविले फेरी उम्मेदवारी दर्ता गराएका छन् । उनीमाथि लागेको मुद्दा दर्ता भएपछि रवि अप्ठ्यारोमा पर्ने देखिन्छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष