स्वर्णिम वाग्लेले कांग्रेसले दिएको अवसरको बदला बदनाम गरे : महामन्त्री शर्मा
काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्लेले राजनीति संस्कार नदेखाएको आरोप लगाएका छन् ।
सोमबार चितवन–२ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ता गर्न जानुअघि कांग्रेसले वाग्लेलाई प्रशस्त अवसर दिएको दाबी गर्दै त्यसको बदला उनले गाली गरेको बताए ।
‘कांग्रेसले उहाँलाई मञ्च दियो। सबै अवसर दियो । सबैको पालो बिस्तारै आउँछ भन्यो,’ उनले भने, ‘त्यसो भन्दा उहाँले कांग्रेस माथि नै गाली गर्न थाल्नुभयो । यसबाट थाहा हुन्छ उहाकति सुसंस्कृत हुनुहुँदो रहेछ ? ’
महामन्त्री शर्माले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको मान्छेले कांग्रेसमा अवसर पाइनँ भनेर आलोचना गर्न नपाइने बताए। वाग्लेले कांग्रेसका सभापनि शेरबहादुर देउवा र उनका श्रीमती आरजु राणाको कटु आलोचना गर्दै शुक्रबार पार्टी परित्याग गरेका थिए । उनी वैशाख १० मा हुने उप निर्वाचनमा तनहुँ–१ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।
चितवन-२ मा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति पनि शर्माले प्रश्न तेर्स्याए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया