सिके राउतका केन्द्रीय सदस्य मिटरब्याजीको आरोपमा पक्राउ
काठमाडौं । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मा (सुरेन्द्र मधेसी) पक्राउ परेका छन् ।
सप्तरीको राजविराज–७ मा बसोबास गर्दै आइरहेका उनलाई नेपाल प्रहरीको एक टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।
शर्माविरुद्ध इलाका प्रहरी कार्यालय, कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको थियो । यसमाथि छानबिन गर्न अदालतबाट अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको हो ।
एक व्यक्तिले रकम तिरिसक्दासमेत लिखत पास गरेको जग्गा फिर्ता नगरेको आरोप शर्मामाथि छ ।
प्रहरीका अनुसार, सुरेन्द्रका बाबु सत्यनारायण शर्माले ०६६ सालमा निर्मलकुमार यादवको बुवा शंकरलाई २५ लाख रूपैयाँ ऋण दिएका थिए । उक्त ऋण लिने क्रममा शंकरले सत्यनारायणलाई आफू स्वामित्वको आठ बिघा सात कट्टा सात धुर जग्गा लिखत् पास गरिदिएका थिए । पछि त्यही जग्गा सत्यनारायणले सुरेन्द्रको नाममा पास गरे । ०६७ मा ऋणीले रकम तिरेपछि उक्त जग्गा फिर्ता गर्नुपर्ने थियो । तर सुरेन्द्रले अहिलेसम्म फिर्ता नगरेको उजुरीमा उल्लेख छ ।
पक्राउ परेका सुरेन्द्रविरुद्ध थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया