घाम लागेन ? यसरी सुकाउनुहोस् कपडा
एजेन्सी । अक्सर हामी लुगा धुएर घाममा सुकाउँछौं । कहिलेकाही घाम नलागेको समय कयौंलाई घामबिना लुगा कसरी सक्छ भन्ने चिन्ताले लुगा धुनसमेत मन लाग्दैन। ।
कपडा धोएर घाममा नुसुकाउँदा यसबाट छुट्टै गन्धसमेत आउने गर्छ भने कपडा सुक्न पनि समय लाग्ने गर्छ । आज हामी तपाईलाई घामबिना कपडा सुकाउने केही तरीका भन्छौं । जसको सहायताले तपाईं निर्धकक भएर घाम नलागेको समय पनि कपडा सुकाउन सक्नुहुन्छ ।
घाममा कपडा नसुकाउँदा कपडा गन्हाउने गर्छ । त्यसैले पहिले हामीले यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विकल्प खोज्नुपर्छ । यसको लागि सहि विकल्प हो भेनेगर । भेनेगरको प्रयोगले कपडा सुकिसकेपछि गन्ध आउँदैन । त्यसैले कपडा धुने समय कपडामा एक चम्चा भनेगरको राखेर एकछिन छाडिदिनुहोस् । त्यसपछि यसलाई राम्रो सरफ पानीमा धुनसक्नुहुन्छ । यसले कपडाबा आउने दुर्गन्ध हराउँछ ।
त्यस्तै, कपडा धोएपछि सुकाउने समय कपडामा भएको पानी पुरै निकाल्नुहोस् । सुकाउने समय कपडाको पानी राम्रोसँग ननिचोरी सुकाउँदा यसलाई सुक्न समय लाग्छ । त्यसैले कपडा सकेसम्म मज्जाले पानी नरहने गरी निचोरेर सुकाउनुहोस् र निचोडेको कपडा सुक्खा तौलियामा बेर्नुहोस् ।
यसले तपाईको कपडामा भएको पानी पूर्णरुपले हट्छ र कपडा सुक्न समय लाग्दैन् । अर्को कपडा छिटै सुकाउन तपाई पंखामा पनि सुकाउन सक्नुहुन्छ । यसको हावाले कपडा सुक्न समय लाग्दैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया