निजी सवारीमा यात्रु ओसारेको गुनासोपछि एक्सनमा मन्त्रालय, कारवाही गर्न जिल्लाभर परिपत्र
काठमाडौं । गृह मन्त्रालयले भाडा लिएर यात्रु ओसार्ने सबै किसिमका निजी सवारीलाई कारवाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
यस्ता किसिमका सेवाले सार्वजनिक सेवालाई प्रत्यक्ष असर परेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले मन्त्रालयमा ज्ञापनपत्र पेश गरेको थियो । महासंघले पेश गरेको ज्ञापनपत्रका आधारमा मन्त्रालय ‘एक्सन’ मा उत्रिएको प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
उक्त ज्ञापनपत्रमा व्यवसायीहरूले लामो दूरीको यात्राका लागि निजी गाडीमा यात्रु ओसारीरहेको विषयबारे बढी गुनासो गरिएको छ । ‘निजी प्रयोजनका लागि भनेर दर्ता गर्ने र त्यसमै यात्रु ओसार्न थाल्ने प्रवृत्तिप्रति उहाँहरूको बढी चिन्ता देखिन्छ,’ उनले भने, ‘जुन प्रयोगजनका लागि सवारी खरिद गरिएको हो त्यही प्रयोजनका लागि प्रयोग गरिनुपर्छ ।’
मन्त्रालयले गरेको परिपत्रले राइड सेयरिङ एपहरूलाई पनि मर्का पर्ने देखिएको छ । हाल सञ्चालनमा रहेको राइड सेयरिङ एपका मोटरसाइकल तथा स्कुटरहरू पनि निजी नम्बर प्लेटमा दर्ता भएका छन् । बस्नेतले कानुनको पालना सबैले पालना गर्नुपर्ने तर्क गरे ।
‘एउटाले कारवाही भोगेपछि सोही किसिमका अन्य पनि पर्छन् नै,’ उनले भने, ‘राइड सेयरिङ एपमार्फत सञ्चालन हुनेहरू पनि निजी नम्बर प्लेटमा दर्ता भएर यात्रु ओसारिरहेको अवस्था भएमा कारवाही हुन्छ ।’
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया