बेंग्लोरमाथि कोलकत्ताको सानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा कोलकत्ताले सानदार जित निकालेको छ । घरेलु मैदान इडन गार्डेनमा सम्पन्न खेलमा कोलकताले बेंग्लोरमाथि ८१ रनको जित निकालेको हो ।
कोलकत्ताले २०५ रनको लक्ष्य दिएकोमा बेंग्लोरले १७ ओभर ४ बलमा अलआउट हुदै १२३ रन मात्र जोड्न सक्यो ।
बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३, विराट कोहलीले २१, माइकल ब्रेसवेलले १९, डेबिड बिल्लीले २० र आकाशदीपले १७ रनको योगदान दिए । अन्य ब्याटलरले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
यसक्रममा कोलकत्ताका वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३, सुनिल नारेनले २ र शार्दुल ठाकुरले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनायो ।
कोलकत्ताका लागि रहमानुल्लाह गुर्वाज र शार्दुल ठाकुर चम्किए । उनीहरूले अर्धशतकीय इनिङ खेल्दै ठाकुरले २९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६८ रन जोडे । गुर्वाजले चाहिँ ४४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५७ रनको योगदान दिए ।
कोलकत्ताको यो दोस्रो खेलको पहिलो जित हो । यो जितसँगै कोलकत्ता २ अंकका साथ तेस्रो स्थानमा छ । यसअघि जित निकालेको बेंग्लोरले २ खेलमा २ अंक जोडे पनि सातौं स्थानमा छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया