NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोरोनाबाट बच्न अपनाऔं यी मापदण्ड

काठमाडाैं ।  अहिले कोरोना संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । माघ, फागुनमा शुन्यमा झरेको कोरोना दर चैतमा भने उल्लेख्य रुपल बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

यो सँगै छिमेकी मलुकमा फैलिएको नयाँ भेरियन्ट एक्सविवि १.१६ नेपालमा पनि देखिएको छ । यो पुराना भेरियन्ट भन्दा अझ बढी संक्रामक र छिटो फैलन सक्ने क्षमता रहेको बताइएको छ । कोरोनाबाट बच्न सुरक्षित मापदण्ड अपनाउन जरुरी छ ।

मास्क लगाऔं

कोरोनको दर बढ्दै जाँदा यसबाट बच्न सुरक्षाको मापदण्डको पालना अत्यावश्यक छ । मास्कको प्रयोगले भाइरस सिधै शरीरमा प्रवेश गर्न पाउँदैन् । भाइरस हावामा सक्रिय हुन्छ जसले गर्दा श्वासप्रश्वासको माध्यमबाट यो सहजै शरीरमा प्रवेश गर्छ । त्यसैले कोरोनाबाट बच्न मास्कको प्रयोग अत्यावश्यक छ ।

साबुन पानीले हात धुऔं

कोरोनाको जोखिमलाई कम गर्ने तथा बच्ने अर्को उपाय साबुनपानीले हात धुनु हो । यसले हातमा रहेका भाइरसलाई मार्ने गर्छ । भाइरस सिँगान, थुक तथा खकारको माध्यमले शरीरमा प्रवेश गर्ने हुँदा हातमा भएका किटाणुहरुलाई मार्न हात धुनु जरुरी छ । एक व्यक्क्तिबाट अर्को व्यक्तिमा भाइरस हातको माध्यबाट सर्छ । यसकारण हात सफा हुनु पर्दछ ।

भौतिक दुरी कायम राखौं

भौतिक दुरीले कोरोनको जोखिम कम गर्छ । यसबाट एक व्यक्तिमा कोरोना छ भने पनि अर्को व्यक्तिमा सदैन् । कोरोना एकबाट अर्को व्यक्तिमा सहजै सर्छ । त्यसैले कोरोनाबाट बच्न भिडभाड भएको ठाउँमा वा अत्यधिक मनिस बसेको ठाउँमा जानु हुँदैन् । कम्तिमा २ मितरको दुरी आवश्यक छ । यी मापदण्डबाट कोरोनाको जोखिम धेरै हद सम्म कम हुन्छ ।

खोप लगाऔं
कोरोनाबाट बच्ने अर्को उपाय खोप हो । कोरोनाविरुद्धको खोपले रोग प्रतिरोधी प्रणलीलाई बलियो बनाउँछ । जसबाट रोगसँग लड्न सक्ने क्षमता विकास हुन्छ ।