मौसममा दुई वायुको प्रभाव, वर्षा हुनसक्ने
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज काठमाडौँमा बिहानैदेखि आंशिक बदली रहेको छ, अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । राति कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्य रहने छ । कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया