करेलासँग कहिल्यै नखानुस् यी खानेकुरा
एजेन्सी । स्वास्थ्यका दृष्टिकाेणले करेला फाइदाजनक मानिन्छ । यसमा हुने औषधीय गुणका कारण यसको स्वाद तितो हुन्छ । करेलालाई पौष्टिक तरकारीममध्ये प्रभावकारी तरकारीको रुपमा पनि लिइन्छ । यसले तौल घटाउनुका साथै कोलेस्ट्रोलको मात्रालाई पनि घटाउँछ । हृदयको लागि पनि उत्तिकै लाभदायिक छ करेला ।
तर यसको जति फाइदा छ यसलाई खान नजान्दा त्यति नै बेफाइदा पनि । करेलाको साथमा केही खानेकुराहरु खान नमिल्ने सूचिमा राखिएका छन् । यसमा हुने औषधीय गुणका कारण केही खानेकुरालाई सँगै मिसाउँदा भने यो विष जस्तै बन्न सक्छ । जसले शरीरमा हानिकारक असर पुर्याउँछ ।
दूध
करेला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भने दूध पौष्टिकले भरिएको हुन्छ । तर करेला र दूध एकसाथ खाँदा यसले शरीरलाई हानिकारक असर गर्छ । करेला खाएपछि दूध पिउँदा यसले पेटसम्बन्धी समस्या निम्याउन सक्छ । यसले कब्जियत, पेटमा दुखाइ र जलन हुने समस्याको जोखिम उच्च बनाउँछ ।
मूला
करेलाको प्रभाव भन्दा मूलाको प्रभाव फरक हुन्छ । त्यसैले करेला खाएपछि मूला खानुहुँदैन । यो दुई एकै समयमा खाँदा यसले कफ, एसिडिटीको समस्या ल्याउँछ ।
दही
त्यस्तै, करेला खाएपछि दही पनि खान नहुने पर्दाथमा पर्छ । यसको सेवनले छालासम्बन्धी समस्या आउन सक्छ ।
भिंडी
भिंडी र करेलाको तरकारी पनि सँगै खानु हुँदैन । करेला र भिंडी दुवै एकसाथ सेवन गर्दा अपचको समस्या हुन्छ । करेलासँग भिंडी पचाउन गाह्रो हुन्छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया