यी हुन थोरै पैसामै घुम्न सकिने देशहरू
एजेन्सी । यात्रा गर्न सबैलाई मन पर्छ । अझ विदेश यात्रा मन पराउने कयौं हुन्छन् । स्वदेशमा सानो रकमले यात्रा गर्न पुग्छ । तर त्यहि यात्रा विदेशमा गर्दा धेरै खर्च लाग्छ ।
मन भएर पनि विदेश यात्रा खर्चको अभावले निकै कमले मात्र गर्छन् । जसले गर्दा यात्रा गर्ने व्यक्ति कम लागत पर्ने देश जान रुचाउँछन् । यसले उनीहरुको यात्रा गर्ने सपना पूरा हुनुका साथै खर्च पनि कम लाग्छ ।
अन्य देशको यात्रामा धेरै खर्च हुन सक्छ। यस्तो अवस्थामा यात्रा गर्न विदेश जान चाहनु हुन्छ भने यात्राको लागि सस्तो देश जान सकिन्छ । संसारमा धेरै देशहरू छन् जसले आफ्नो पर्यटन प्रवर्द्धन गर्न सस्तो यात्रा प्याकेजहरू प्रस्ताव गर्छन्। तपाईं आफ्नो बजेटमा यी देशहरूमा यात्रा गर्न सक्नुहुन्छ।
भियतनाम
भियतनाम किनमेल गर्नका लागि धेरै सस्तो देश हो। यहाँ एक रुपैयाँको मूल्य ३३४।६८ भियतनामी दोङ छ । दक्षिण पूर्व एसियाका उत्कृष्ट देशहरूमा परेको, भियतनाम पनि भ्रमण गर्न सस्तो देशहरू मध्ये एक हो। यहाँ तपाईंले सुन्दर समुद्र तटहरू, परिदृश्यहरू, स्वादिष्ट सडक खाना, गुफाहरू पाउनुहुनेछ ।
श्रीलंका
श्रीलंका पनि यात्राको लागि राम्रो र सस्तो देशमा पर्छ । तपाई कम बजेटमै यहाँको मनोरम दृश्य अवलोकन गर्न सक्नुहुन्छ । श्रीलंकामा सुन्दर तटीय क्षेत्रहरु छन् । श्रीलंका विश्वको सबैभन्दा मनपर्ने टापु गन्तव्यहरू मध्ये एक हो ।
मलेसिया
सस्तो देशमध्येको यात्रा गर्न मिल्ने देश मलेसिया पनि हो । त्यहाँ धेरै पर्यटक यात्राका लागि जाने गर्छन् । क्वालालम्पुर मलेसियाको प्रमुख पर्यटकीय गन्तव्य हो। मलेसियामा घुम्न लायक बुकिट बिटाङ जस्ता गुफा र बजारहरू छन् ।
भुटान
यो दक्षिण एसियाली क्षेत्रको सबैभन्दा सफा देशमध्येको एक हो । भुटान मठमन्दिर, परम्परागत वास्तुकला, सुन्दर सहर, हिउँले ढाकेको पहाडी दृश्य र हरियालीको देश हो । यात्राको लागि भुटान सुन्दर र बजेटको हिसाबले पनि सस्तो छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया