सानिमा बैंक र दराजबीच ‘नेपाली नयाँ वर्ष योजना’ का लागि सहकार्य
काठमाडाैं । सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’ का लागि सहकार्य गरेको छ । यो योजना २०७९, चैत्र २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू बैंकले जनाएको छ ।
उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ ।

ग्राहकले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिने जनाएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया