जिप दुर्घटनामा एक जनाको मृत्यु
पर्वत । पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।
सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।
दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया