चलचित्र ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकियो
काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो ।
निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको चलचित्रका निर्देशक विकासराज आचार्यले जानकारी दिए ।
‘तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्न हुन सकेन, अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन गर्छौं’, निर्देशक आचार्यले भने । विवाद समाधानका लागि दुवै निर्मातालाई छलफलका लागि बोलाइएको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिए ।
‘हामीले चलचित्र जाँचपासका लागि सिफारिस रोकेका होइनौँ । लेनदेनमा देखिएको समस्या समधान गर्न आग्रह गरेका हौँ’, उनले भने ।यसअघि गत साता चलचित्र ‘प्रसाद २’ को प्रदर्शनी पनि आर्थिक लेनदेनकै विवादका कारण तोकिएको मितिमा हुन सकेको थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया