चलचित्र ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकियो
काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो ।
निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको चलचित्रका निर्देशक विकासराज आचार्यले जानकारी दिए ।
‘तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्न हुन सकेन, अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन गर्छौं’, निर्देशक आचार्यले भने । विवाद समाधानका लागि दुवै निर्मातालाई छलफलका लागि बोलाइएको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिए ।
‘हामीले चलचित्र जाँचपासका लागि सिफारिस रोकेका होइनौँ । लेनदेनमा देखिएको समस्या समधान गर्न आग्रह गरेका हौँ’, उनले भने ।यसअघि गत साता चलचित्र ‘प्रसाद २’ को प्रदर्शनी पनि आर्थिक लेनदेनकै विवादका कारण तोकिएको मितिमा हुन सकेको थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया