सिटीसँग हार्यो बार्यन, अर्को चरणमा प्रवेश गर्ने सम्भावना जीवितै
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सुविधाजनक जित निकालेको छ ।
गएराति सम्पन्न खेलमा सिटीले बायर्न म्युनिखलाई ३–० गोलान्तरमा पराजित गरेको हो ।
सिटीको जितमा रोड्री, बेर्नार्डो सिल्भा र अर्लिङ हालाण्डले समान एक/एक गोल गरे । उनीहरूले क्रमशः २७ औं, ७० औं र ७६ औं मिनेटमा गोल गरेका हुन् ।
योसँगै हालाण्ड एकै सिजनका सबै प्रतियोगितामा गोल गर्ने पहिलो प्रिमियर लिगका खेलाडी बनेका छन् । यस सिजनमा ३९ खेल भएकोमा उनले ४५ गोल गरेका छन् ।
बार्यन म्युनिखलाई हराएसँगै सिटी च्याम्पियन्स लिगको सेमिफाइनलनजिक पुगेको छ । बार्यनको पनि अर्को चरणमा पुग्ने सम्भावना जीवित छ । तर उसले दोस्रो लेगमा फराकिलो जित निकाल्नुपर्ने खाँचो छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया