डढेलो फैलिन थालेपछि बस्ती जोखिममा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् ।
त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको भुसुनेको कर्णबहादुर रायले बताउनुभयो । गाउँलेले मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाएको बताए। डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छन् ।
एक महिनाअघि पनि यसरी नै विभिन्न सामुदायिक वनमा डढेलो लागेको थियो । वर्षा भएपछि डढेलो नियन्त्रणमा आएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया