एमालेको पोलिटब्युरो बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्ने भएको छ । स्थानीय तह निर्वाचन तयारीलगायत विषयमा छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्न लागेको हो ।
सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ ।
यही चैत ९ र १० गते काठमाडौंमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो ।
यही चैत १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो । स्थायी कमिटीको बैठक यही चैत १३ गते हुनेछ ।
सचिवालयको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट भई जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटीबाट भई सोबारे प्रदेश कमिटीले निर्णय गर्र्ने सचिवालयको निर्णय छ ।
महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयनको सिफारिश सजिल्ला र प्रदेश कमिटीले गर्ने र सोबारे केन्द्रले निर्णय गर्ने सचिवाललयको प्रस्ताव छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया