सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताएकी छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले तीव्र गतिका साथ काम गरिरहेको बताईन् । सेवा प्रवाह, कानून निर्माण र अर्थतन्त्र सुधारका क्षेत्रमा सरकारले उल्लेखनीय काम भएको उनको भनाइ छ ।
‘भर्खरै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छौँ, नयाँ गठबन्धन बन्ने तथा मन्त्रिपरिषद् पुनः गठनका कारण केहीलाई त्यस्तो लागेको हुनसक्छ’, उनले भनिन्, ‘सरकारले गति लिएको छ, धेरै राम्रा काम भएका छन्, जनतालाई आशा जगाउन सक्नु ठूलो काम हो ।’
सत्ता गठबन्धनभित्र कुनै पनि समस्या नरहेको उनको भनाइ थियो । ‘गठबन्धनका दलहरुबीच संवादहिनताको अवस्था छैन, हामी निरन्तर संवादमै छौँ’, उनले भनिन् । सरकारको काम कारबाहीलाई लिएर सदन तथा बाहिर खबरदारी गर्ने राम्रो कुरा हो भन्दै मन्त्री शर्माले सत्ता पक्ष होस् वा प्रतिपक्षले सरकारलाई खबरदारी गरेको विषयलाई सकारात्मकरुपमा लिनुपर्ने बताईन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया