आइपिएल : बैंगलोर २३ रनले विजयी, दिल्ली क्यापिटल्स पाँचौं पटक हार्यो
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा बैंगलोरले यो सिजनमा दोस्रो जित हात पारेको हो ।
पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहलीको अर्धशतकको मद्दतले ६ विकेट गुमाएर १७४ रन बनायो । कप्तान फाफ डुप्लेसीले २२, महिपाल लोमररले २६, ग्लेन म्याक्सवेलले २४ र शाहबाज अहमदले २० रनको योगदान दिए ।
जवाफमा दिल्ली क्यापिटल्सको टोलीले निकै खराब सुरुवात गर्यो ।
कप्तान वार्नरले १९ रन बनाए भने पृथ्वी श र मिचेल मार्सले खाता खोल्न सकेनन् ।
यश धुलले मात्र १ रन बनाए । मनिष पाण्डेले अर्धशतकीय पारी खेले ।
दिल्लीको टोलीले अन्ततः २० ओभरमा ९ विकेट गुमाएर १५१ रन मात्र बनाउन सक्यो ।
आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्सको यो लगातार पाँचौ हार हो । अंक तालिकामा यो टिम १० औं अर्थात अन्तिम स्थानमा छ ।
रोयल च्यालेन्जर्स बैंगलोरको यो जितसँगै अंक तालिकामा एक स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया