आइपिएल : बैंगलोर २३ रनले विजयी, दिल्ली क्यापिटल्स पाँचौं पटक हार्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा बैंगलोरले यो सिजनमा दोस्रो जित हात पारेको हो ।
पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहलीको अर्धशतकको मद्दतले ६ विकेट गुमाएर १७४ रन बनायो । कप्तान फाफ डुप्लेसीले २२, महिपाल लोमररले २६, ग्लेन म्याक्सवेलले २४ र शाहबाज अहमदले २० रनको योगदान दिए ।
जवाफमा दिल्ली क्यापिटल्सको टोलीले निकै खराब सुरुवात गर्यो ।
कप्तान वार्नरले १९ रन बनाए भने पृथ्वी श र मिचेल मार्सले खाता खोल्न सकेनन् ।
यश धुलले मात्र १ रन बनाए । मनिष पाण्डेले अर्धशतकीय पारी खेले ।
दिल्लीको टोलीले अन्ततः २० ओभरमा ९ विकेट गुमाएर १५१ रन मात्र बनाउन सक्यो ।
आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्सको यो लगातार पाँचौ हार हो । अंक तालिकामा यो टिम १० औं अर्थात अन्तिम स्थानमा छ ।
रोयल च्यालेन्जर्स बैंगलोरको यो जितसँगै अंक तालिकामा एक स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया