ग्लोबल आईएमई बैंकको ‘सोंचे जस्तै बैंक खाता’, यस्ता छन् विशेषता
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकले ल्याएको यो नयाँ खातामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुन सक्ने बैंकले जनाएको छ ।
यो खाता खोल्दा ग्राहकले वार्षिक ७.४० प्रतिशत तथा मुद्धतीमा ९.९९ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । बैंकका अनुसार लकर सुविधामा ५५ प्रतिशत छुटसमेत रहेको छ ।
बैंककाअनुसार यो खाताको अर्को विशेषता बिना कुनै कागजत मोबाइल बैंकिङको माध्यमबाट कर्जा पाइन्छ । त्यस्तै यो खाता खोल्ने ग्राहकले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया