ग्लोबल आईएमई बैंकको ‘सोंचे जस्तै बैंक खाता’, यस्ता छन् विशेषता
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकले ल्याएको यो नयाँ खातामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुन सक्ने बैंकले जनाएको छ ।
यो खाता खोल्दा ग्राहकले वार्षिक ७.४० प्रतिशत तथा मुद्धतीमा ९.९९ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । बैंकका अनुसार लकर सुविधामा ५५ प्रतिशत छुटसमेत रहेको छ ।
बैंककाअनुसार यो खाताको अर्को विशेषता बिना कुनै कागजत मोबाइल बैंकिङको माध्यमबाट कर्जा पाइन्छ । त्यस्तै यो खाता खोल्ने ग्राहकले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया