विश्वकै धेरै वायु प्रदुषण भएको शहर बन्यो काठमाडौं
काठमाडाैं । काठमाडौं उपत्यकासहित विश्वभर नै वायु प्रदूषण बढ्दै गएको छ । अहिले काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा आएको छ । यसअधि आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडौं दोस्रो सूचीमा थियो ।
एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौंको एक्यूआई अहिले २०८ छ । सूचीको दाेस्रो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । आज बिहान यो शहर पहिलो स्थानमा थियो ।
च्याङमाइको एक्यूआई १८३ छ । यसैगरी तेस्रो स्थानमा भारतको कोल्कता, चौथोमा दिल्ली रहेको छ । यस्तै पाँचौंमा पाकिस्तानको लाहुरी र छैंटौंमा बंगलादेशको ढाका रहेको छ । ढाकाको एक्यूआई १५६ छ ।
५१ देखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया