सांसद ठाकुर गैरेको प्रश्न : प्रधानमन्त्रीज्यू व्यवस्था कोबाट खतरा छ ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान व्यवस्था उल्ट्याउन खोजेको भनेर दिएका अभिव्यक्तिप्रति एमालेका सांसद ठाकुर गैरेले प्रश्न उठाएका छन् ।
नयाँ वर्षको दिन पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा वर्तमान व्यवस्था उल्टाउन खोजिएको भन्दै स्थिति सहज नरहेको अभिव्यक्ति दिएका थिए ।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद गैरेले यो व्यवस्था उल्टाउन कसले खोजेको हो भन्दै प्रधानमन्त्रीमाथि प्रश्न उठाएका हुन् ।
‘नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा पर्यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ?’, प्रधानमन्त्रीमाथि उनले प्रश्न गरे ।
प्रधानमन्त्रीले भनेजस्तै व्यावस्था संकटमा परेको भए त्यसको सामना गर्न संसद तयार हुनुपर्ने बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया