सांसद ठाकुर गैरेको प्रश्न : प्रधानमन्त्रीज्यू व्यवस्था कोबाट खतरा छ ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान व्यवस्था उल्ट्याउन खोजेको भनेर दिएका अभिव्यक्तिप्रति एमालेका सांसद ठाकुर गैरेले प्रश्न उठाएका छन् ।
नयाँ वर्षको दिन पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा वर्तमान व्यवस्था उल्टाउन खोजिएको भन्दै स्थिति सहज नरहेको अभिव्यक्ति दिएका थिए ।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद गैरेले यो व्यवस्था उल्टाउन कसले खोजेको हो भन्दै प्रधानमन्त्रीमाथि प्रश्न उठाएका हुन् ।
‘नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा पर्यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ?’, प्रधानमन्त्रीमाथि उनले प्रश्न गरे ।
प्रधानमन्त्रीले भनेजस्तै व्यावस्था संकटमा परेको भए त्यसको सामना गर्न संसद तयार हुनुपर्ने बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया