एमाले अध्यक्ष ओली अस्वस्थ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरो आएको जानकारी दिएका हुन् ।
उनले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको स्टाटसमा उल्लेख गरेका छन् । उनले स्टाटसमार्फत तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा एमाले उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने इच्छा भए पनि अस्वस्थताका कारण कार्यक्रममा सहभागि हुन नसकेको बताएका छन् ।
‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन ।’ उनले भने ।
उनले एमाले उम्मेदवारलाई विजयी गराउन आम मतदाताहरुमा आग्रह गर्दै स्वास्थ्य अवस्था ठीक भएपछि समय मिलाएर भेट्न जाने प्रतिबद्धतासमेत जनाएका छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया