एमाले अध्यक्ष ओली अस्वस्थ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरो आएको जानकारी दिएका हुन् ।
उनले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको स्टाटसमा उल्लेख गरेका छन् । उनले स्टाटसमार्फत तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा एमाले उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने इच्छा भए पनि अस्वस्थताका कारण कार्यक्रममा सहभागि हुन नसकेको बताएका छन् ।
‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन ।’ उनले भने ।
उनले एमाले उम्मेदवारलाई विजयी गराउन आम मतदाताहरुमा आग्रह गर्दै स्वास्थ्य अवस्था ठीक भएपछि समय मिलाएर भेट्न जाने प्रतिबद्धतासमेत जनाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया