कस्तो छ ओलीको स्वास्थ्यवस्था ?
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए।
घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा। दिव्यासिंह शाहले गरिरहेका छन् । ‘उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ’, प्रेस संयोजक बजगाईंले भने, ‘भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।’
हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गरेका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया