राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज रुस प्रस्थान गरेको छ । रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनासहितको टोली औपचारिक भ्रमणका क्रममा रुस प्रस्थान गरेको हो ।
टोलीमा राष्ट्रियसभाका सदस्य वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ‘पार्वती’, महेशकुमार महरा र शेखरकुमार सिंह तथा सङ्घीय संसद् सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन् । भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभ र सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बिदाइ गरेका थिए ।
भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी माथिल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन् । यसबाहेक रुसी सरकारका पदाधिकारी, प्रान्तीय सभाका अध्यक्ष र प्रान्तीय सरकारका पदाधिकारीसँग पनि भेटघाट र संवाद गर्ने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल यही वैशाख १२ गते स्वदेश फर्कने छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया