कपालमा लाभदायिक आलुको बोक्रा: हेयर प्याक कसरी बनाउने ?

एजेन्सी । लामो, बाक्लो, बलियो कपाल बनाउने चाहना सबैको हुन्छ । यसका लागि हामी धेरै केमिकलयुक्त साम्रगीहरूको पनि प्रयोग गरिरहेका हुन्छौं । तर केमिकल भन्दा प्राकृतिक तरीका कपालको लागि उपयुक्त हुन्छ ।
प्राय हामी आलुको बोक्रा तासेर फाल्ने गछौं । तर आलुको बोक्रामा केहि यस्ता पोषक तत्वहरु पाइन्छ, जुन कपालका लागि निकै फाइदाजनक हुन्छ । आलुको ब्रोकामा पाइने तत्वहरुले कपाल मजबुदसँगै बढाउन पनि मद्त गर्छ ।
आलुको बोक्रालाई हेयर मास्क बनाएर लगाउँदा यसले कपाललाई लाभदायिक फाइदा पुर्याउँछ । हेयर मास्कका लागि पहिले आलुको ब्रोकालाई राम्ररी पखाल्नुहोस् । त्यसपछि उक्त बोक्रालाई १० मिनेट उमाल्नुहोस् र पिस्नुहोस् ।
यसमा मह र एलोभेरा जेल हालेर लगाउन सकिन्छ । मह र एलोभेराले कपालमा थप पोषण दिन्छ । जसले कपाललाई मुलाएम बनाउँछ भने कपाल रुखो हुन दिदैन । तपाई यसमा मेहेन्दी पाउडर मिसाएर पनि लगाउन सक्नुहुन्छ । मेहेन्दी र आलुको बोक्राले कपालमा चमक ल्याउँछ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया