एसिसी प्रिमियर कप : ओमनले मलेसियालाई हरायो
काठमाडाैं । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउदै पूरा ग¥यो ।
ओमनका लागि जितेन्दर सिहंले सर्वाधिक एक सय एक रनको योगदान दिए । उनलेएक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित उक सय एक रनको योगदान गरेका हुन । त्यस्तै कस्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए भने मुहम्मद स्याहदातले ५५ रन बनाए । बलिङतर्फ ओमनका जिसन मक्सुदले चार विकेट लिए भने आयन खान र विलल खानले समान दुई/दुई विकेट लिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया