चार प्रतिशत बालबालिका खोपबाट वञ्चित
काठमाडौं । नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वञ्चित रहेका छन् । उनीहरुले कुनै पनि खोप लगाउन पाएका छैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका बिरामी भएर, कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको हो ।
‘नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा तथा १६ प्रतिशत बालबालिका कुनै न कुनै खोपबाट वञ्चित छन्, ’ उनले भने । मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप लगाउनका लागि यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह सञ्चालन गर्दैछ ।
सो अवसरमा सरकारले खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी खोप प्रदान गर्ने छ । गौतमले ९५ प्रतिशत बालबालिकामा खोपको पहुँच पु-याइने लक्ष्यसहित खोप अभियान सञ्चालन गरेको बताए । नेपालमा दादुरा र रुवेलाविरुद्ध दिइने खोपमा ९५ प्रतिशतको पहुँच पु-याउन नसकिएको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए।
दादुरा र रुवेलाविरुद्धको खोप नौ महिना र १५ महिना दुई पटक दिइन्छ । नेपालमा अहिले १३ प्रकारका रोगविरुद्धको खोप रोग, अपाङ्गता र मृत्युबाट बचाउन बालबालिकालाई खोप दिइन्छ । खोप सप्ताहभर नियमित खोप प्रदान गरिने छ ।
वैशाख १५ र ३१ गते भने सबै खोप दिइने छ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकुकुमार लालले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइ नेपाललाई पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । खोप लगाउन स्थानीय तह र विद्यालयसँग समन्वय गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया