इटालियन स्वादको वाइन ‘जिमी गोसे’ नेपाली बजारमा
काठमाडौं । जिमी ग्रुप प्रालिले नयाँ ब्राण्डको वाइन नेपाली बजारमा ल्याएको छ । इटालियन स्वादको नयाँ वाईन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको कम्पनीले जानकारी दिएको हो ।
कम्पनीले अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ दुवै थरीको ‘जिमी गोसे’ वाइन नेपाली बजारमा भित्र्याएको हो । ७५० एमएलको आकर्षक बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको पनि कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाइन उच्चतम प्रविधिको प्रयोग गरि उत्पादन गरिएको कम्पनीको दाबी छ ।
जिमी ग्रुप कम्पनीद्वारा भित्र्याइएको यस वाइनको देशभर बजार व्यवस्थापन भने मस्टा ग्रुप प्रालिले गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया