इटालियन स्वादको वाइन ‘जिमी गोसे’ नेपाली बजारमा

काठमाडौं । जिमी ग्रुप प्रालिले नयाँ ब्राण्डको वाइन नेपाली बजारमा ल्याएको छ । इटालियन स्वादको नयाँ वाईन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको कम्पनीले जानकारी दिएको हो ।
कम्पनीले अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ दुवै थरीको ‘जिमी गोसे’ वाइन नेपाली बजारमा भित्र्याएको हो । ७५० एमएलको आकर्षक बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको पनि कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाइन उच्चतम प्रविधिको प्रयोग गरि उत्पादन गरिएको कम्पनीको दाबी छ ।
जिमी ग्रुप कम्पनीद्वारा भित्र्याइएको यस वाइनको देशभर बजार व्यवस्थापन भने मस्टा ग्रुप प्रालिले गरेको छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया