नेपालले तेस्रो ओभरमै तीन विकेट गुमायो
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलअन्तर्गत जारी खेलमा नेपालले तीन विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ७ बलमा ५ रन बनाउँदै आउट भएका छन् । नेपालले दोस्रो अभरमै विकेट गुमाएको हो । पहिलो विकेट गुमाउँदा नेपालले ६ रनमात्र बनाएको थियो ।
यस्तै, अर्का ओपनर पवन सर्राफ पनि ४ बलमा २ रन बनाउँदै आउट भएका छन् ।
त्यसपछि आएका दीपेन्द्रसिंह ऐरी पनि शून्य रनमा आउट भएका छन् ।
नेपालले ३ ओभरमै ३ विकेट गुमाइसकेको छ । तेस्रो विकेट गुमाउँदा नेपालले ८ रनमात्र बनाएको छ ।
नेपाल युएईले दिएको २०३ रनको लक्ष्य पछ्याइरहेको छ । निर्धारित ५० ओभरको खेलमा युएईले ९ विकेट गुमाउँदै नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया