तनहुँ-१ काे यी वडामा सकियाे मतगणना, कसले कति पाए ?

काठमाडौं । तनहुँ १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।
गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकोमा आज बिहान ९ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले फराकिलो मतसहित अग्रता कायमै राखेका हुन् ।
हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले ७ हजार ६२५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार ४७१ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का सर्वेन्द्र खनालले २ हजार २१९ मत पाएका छन् । आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरेका छन् ।
आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गरेका छन् । भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गरेका छन् ।
भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र नएमालेका खनालले दुई सय ७० मत प्राप्त गरेका छन् । भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गरेका छन् ।
भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ र एमालेका खनालले तीन सय २९ मत पाएका छन् । भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय ५९, कांग्रेसका भट्टराईले चार सय ८२ र एमालेका खनालले तीन सय ९४ मत प्राप्त गरेका छन् ।
आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १५, कांग्रेसका भट्टराईले चार सय एक र एमालेका खनालले एक सय १९ मत पाएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया