निर्विरोध सांसद निर्वाचित भएका मनाङेको चुनावी खर्च २३ हजार
काठमाडौं । मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट निर्वाचित उम्मेदवार राजीव गुरूङ उर्फ दीपक मनाङेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
स्वतन्त्र उम्मेदवार रहेका मनाङेले आफूले चुनावमा २३ हजार रूपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् ।
उनले बुझाएको खर्च विवरणअनुसार उम्मेदवारी दर्ता गर्न पाँच हजार, गोष्ठि र अन्तरक्रिया गर्न १८ हजार रूपैयाँ खर्च भएको जनाइएको छ ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनी निर्विरोध प्रदेशसभा सांसद चुनिएका थिए ।
निर्वाचन आयोगले चुनाव सकिएको ३५ दिनभित्रै खर्च सार्वजनिक गर्नुपर्ने घोषणा गरेको थियो । यत्ति गर्दा पनि विवरण नबुझाएपछि प्रदेश निर्वाचन कार्यालय गण्डकीले वैशाख ७ गत अर्को सूचना निकालेको थियो । जसमा विवरण नबुझाउनेलाई सफाइसहितको स्पष्टिकरण पेश गर्न भनिएको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया